भीम रावललाई डा.संग्रौलाले भने-‘नैतिकताको परिभाषा बदल्नु पर्छ’

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार  २ : ०९


काठमाडौं । भीम रावल केपी शर्मा ओली विरुद्धको मोर्चामा सुरुवाति अवस्था देखिनै माधव नेपालको साथमा थिए।

माधव नेपाल समूहमा उनी ओली विरुद्ध सबै भन्दा कडा रुपमा प्रस्तुत हुन्थे। अहिले फेरि ओली समूहमा फर्केका रावल अब माधव नेपालको आलोचनामा उत्रेका छन।

वरिष्ठ अधिवक्ता डा.युबराज संग्रौलाले रावललाई नैतिकताको परिभाषा बदल्नु पर्ने टिप्पणी गरेका छन्।

ट्विटरमा उनले लेखेका छन्, ‘जोसुकैलाई आफूलाइ मन लागेको दलमा बस्ने अधिकार छ। भिम रावललाई पनि छ। तर, ती पहिलाको कविता र गाली पनि सहि हुन र अहिले पनि ठिक मान्छे हुं भन्ने कुराचैं साचिकै गजब छ। अहिल म ठिक भन्न पहिला गलत रहेछु नभन्ने हो भने नैतिकताको परिभाषा बदल्नु पर्छ।’


प्रतिक्रिया दिनुहोस्