कैलालीमा बाढीका कारण नदीमा फसेका दाइ र बहिनीको उद्धार

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार  १ : २७


कैलालीमा बाढीका कारण नदीमा फसेका दुई जनाको उद्धार गरिएको छ।

शिवगङ्गा नदी र झिलखोला बीच भागमा फसेका गौरीगङ्गा नगरपालिका – ३ कुचैनीका राजाराम सापकोटा र उनकी बहिनी आरतीको गएराति उद्धार गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए।

घाँस काट्न गएका दुवैलाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले उद्धार गरेको थिय।


प्रतिक्रिया दिनुहोस्