काबुल विस्फोटनपछि विस्थापित उपराष्ट्रपति अमरुल्लाहले भनेः आईएस र तालिबानबीच सम्बन्ध छ

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार  १० : १७


तालिबानले अफगानिस्तान कब्जा गरेपछि विस्थापित भएका त्यहाँका उपराष्ट्रपति अमरुल्लाह सालेहले काबुलमा भएको विस्फोटनमा तालिबान र हक्कानी नेटवर्कको हात भएको आरोप लगाएका छन्।

उनले ट्विटरमा भनेका छन्,‘जुन प्रमाण हामीसँग छ त्यो यो हो कि आइएस खुरासानको तालिबान र हक्कानी नेटवर्कसँग गहिरो सम्बन्ध छ, खासगरी जो काबुलमा सक्रिय छन्।’ ‘तालिबानले आईएससँग सम्बन्ध नभएको बताउनु पाकिस्तानले क्वेटा सुरासँग सम्बन्ध नभएको बताउनु् सरह हो। तालिबानले आफ्नो गुरुसँग राम्रोसँग पाठ सिकेका छन्’ उनले लेखेका छन्।

क्वेटा सुरा बलुचिस्तानको क्वेटा शहरमा सक्रिय चरमपन्थी संगठन हो। अफगानिस्तानका तालिबान नेताले यसलाई संचालन गरिरहेको छ भन्ने आशंका गरिन्छ। यो समूहसँग पाकिस्तानको पनि सम्बन्ध रहेको बताइन्छ।


प्रतिक्रिया दिनुहोस्