काबुल विस्फोट : ४ अमेरिकी सैनिक सहित १३ जनाको मृत्यु

प्रकाशित मिति : १० भाद्र २०७८, बिहिबार  ११ : १२


वासिंगटन । काबुल विमानस्थलमा बिहिबार भएका दुई शक्तिशाली बम विस्फोटमा परी आफ्ना सैनिक मारिएको अमेरिकाले पुष्टि गरेको छ।

पेन्टागनका प्रवक्ताले काबुल एयरपोर्टमा आज भएको हमलामा अमेरिकी सैनिक र अफगानी नागरिकहरुको मृत्यु भएको, घाइते हरुको उपचार भइरहेको प्रेस विज्ञप्ति मार्फत जनाएका छन।

अमेरिकी पत्रिका वालस्ट्रिट जर्नलका अनुसार चारजना अमेरिकी सैनिकको मृत्यु भएको छ भने तीनजना घाइते छन।

घटनाको अहिलेसम्म कसैले जिम्मेवारी लिएको छैन। एयरपोर्टको गेट बाहिर र अमेरिकी नागरिक बसिरहेको एउटा होटललाई लक्षित गरि २ वटा बम विस्फोट भएका हुन।

अफगानिस्तानमा सत्ता हातमा लिएको तालिबान समूहले यस घटनाको निन्दा गरेको छ। तालिबानका अनुसार आजको विस्फोटमा कम्तिमा १३ जनाको मृत्यु भएको छ। ६० भन्दा धेरै घाइते भएका छन।

 


प्रतिक्रिया दिनुहोस्