मुख्यमन्त्रीको सपथपछि भीम आचार्य भाइको अन्त्येष्टिमा सहभागी

प्रकाशित मिति : १० भाद्र २०७८, बिहिबार  १० : ००


काठमाडौं । प्रदेश नं १ को मुख्यमन्त्री बनेकै दिन भीम आचार्यलाई भातृ शोक परेको छ।

इनरुवा ३ रहेको घरको कोठामा ५६ वर्षिय कान्छो भाई रामप्रसाद आचार्य मृत भेटिदा भीम आचार्य बिराटनगरमा मुख्य मन्त्री बन्ने तरखरमा थिए।

मुख्य मन्त्रीमा चयन हुँदै गर्दा आचार्यले भातृ शोकमा परेका थिए। उनलै शोकमै शपथ लिएका छन।

मुख्य मन्त्री आचार्य भाईको मृत्युको खबर पश्चात हतार हतारमा शपथ ग्रहण सकाएर अन्तिम संस्कारमा सहभागि हुन इनरुवा पुगेका थिए।

मुख्यमन्त्री आचार्यले इनरुवा अस्पताल पुगेर कान्छो भाईलाई श्रद्धाञ्जली दिए।

मृतक रामप्रसाद भीम आचार्यका कान्छो भाई हुन्। मृतकका श्रीमती र दुई छोराछोरी छन्।

मृतक आचार्यको आजै सुनसरी खोलामा दाह संस्कार गरिएको छ।

सो क्रममा प्रदेश एकका प्रमुख प्रतिपक्षी दलका नेता राजिब कोइराला लगायतको उपस्थिती रहेको थियो। लामो समयदेखि मानसि रोगबाट ग्रसित आचार्यको मृत्यु विष सेवनबाट भएको बताइएको छ।

आचार्यले बिगत दश बर्षदेखि डिप्रेसनको औषधि सेवन गर्दै आएको पनि खुलेको छ।

गम्भीर मानसिक रोगबाट पिडित रहेका उनलाई पछिल्लो दुई बर्षदेखि घरभित्रै राखिएको थियो । हत्पती कोठाबाट बाहिर निस्किन दिइन्नथ्यो । उनी आफ्नो कोठामा एक्लै सुत्थे।


प्रतिक्रिया दिनुहोस्