काबुल एयरपोर्टमा विस्फोटपछि अमेरिकी सेनाले गोली चलायो

प्रकाशित मिति : १० भाद्र २०७८, बिहिबार  ९ : १७


वासिङटन । अमेरिकी नेतृत्वको सेनाले विमानमार्फत् अझै हजारौँको उद्धार बाँकी रहेको बताइरहँदा अफगानिस्तानको काबुल विमानस्थलबाहिर ठूलो विस्फोट छ।

अमेरिकी नेतृत्वको पश्चिमी सेनाले विमानस्थल परिसरमा पुगेका हजारौँ मानिसको दैनिक उद्धार गरिरहेका समय विमानस्थल छोड्न तालिवान समूहले चेतावनी दिएको थियो।

विमानस्थलमा एशियाली मुलुकका नागरिकहरू पनि उद्धारको पर्खाइमा रहेका छन।

पेन्टागनका प्रवक्ता जोन कर्बीले काबुल विमानस्थल बाहिर २ विस्फोट भएको पुष्टि गरेका छन। विस्फोटमा परि अमेरिकी नागरिकहरुको पनि हताहती भएको उनले बताएका छन।

हाल काबुल एयरपोर्टमा ५ हजार बढी अमेरिकी सैनिक तैनाथ छन। विस्फोट भएपछि अमेरिकी सेनाले पनि गोली चलाएको बताइएको छ। कम्तिमा १३ जनाको मृत्यु भएको छ। अन्य केहि घाइते भएका छन।

आत्मघाती बम आक्रमणकारीहरुले विमानस्थलमा आक्रमण गर्ने धम्की दिँदै आएको अमेरिकी र सम्बद्ध अधिकारीहरूले गोप्य सूचना पाएको यसअघि बताएका थिए।

तालिबानले अमेरिकी सेनालाई छिट्टै उद्धार सकेर जान चेतावनी दिएको थियो। तालिबानले अफगानीहरुलाई भने देशबाहिर जान रोक लगाएको छ। तर, पूर्व सरकारका अधिकारीहरुको अमेरिकाले उद्धार जारी राखेपछि तालिबान समूहले अमेरिकालाई यसअघि चेतावनी दिएको थियो।


प्रतिक्रिया दिनुहोस्