काबुल विस्फोटमा ३ अमेरिकी सैनिक घाइते

प्रकाशित मिति : १० भाद्र २०७८, बिहिबार  ८ : ४९


काबुल अन्तराष्ट्रिय विमानस्थलस्थल बाहिर आत्मघाती बम विस्फोट हुँदा कम्तीमा ३ जना अमेरिकी सैनिक घाइते भएका छन।

हमिद अन्तराष्ट्रिय विमानस्थलको गेट बाहिर बिहीबार विस्फोट भएको हो।

तालिबानले सत्ताकब्जा गरेपछि अफगानिस्थानमा रहेका अमेरिकी नागरिकहरुको उद्धारका लागि हाल काबुल एयरपोर्टमा ५ हजार बढी अमेरिकी सैनिक तैनाथ छन।

बढ्दो आतंकवादी खतराका कारण अमेरिकाले पछिल्ला दिनमा विस्फोट हुनसक्ने सचेत गराउँदै आएको छ।


प्रतिक्रिया दिनुहोस्