अमेरिकनलाई लक्षित गरि काबुलमा दोस्रो विस्फोट, कम्तिमा १३ जनाको मृत्यु

प्रकाशित मिति : १० भाद्र २०७८, बिहिबार  ८ : ३७


काबुल । अफगानिस्थानको राजधानी काबुल स्थित हमिद अन्तराष्ट्रिय विमानस्थलमा भएको विस्फोटमा परि कम्तिमा १३ जनाको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन।

विमानस्थलबाहिर विस्फोट भएको पेन्टागनका प्रेस अधिकारी जोन किर्बीले पुष्टि गरेका छन।

हमला हुन सक्ने भन्दै अमेरिकाले आफ्ना नागरिकलार्य सचेत गराईरहेको थिया।

बेलायत सहित कैयौँ युरोपेली मुलुकले काबुल विमानस्थलबाट गर्दै आएको उद्धारकार्य रोकेकै दिन विस्फोटको खबर आएको छ।

रुसी सञ्चारमाध्यमका अनुसार त्यहाँ बालबालिका सहित १३ जनाको मृत्यु भएको छ। आजै अमेरिकी नागरिक बसेको होटललाई लक्षित गरि दोस्रो विस्फोट भएको बताइएको छ। विस्फोटमा घाइते भएकाहरुलाई अस्पताल भर्ना गरिएको छ।


प्रतिक्रिया दिनुहोस्