काबुल एयरपोर्टमा विस्फोट

प्रकाशित मिति : १० भाद्र २०७८, बिहिबार  ७ : ३७


काबुल । अफगानिस्तानको राजधानी काबुल स्थित हमिद कारगाई अन्तराष्ट्रिय विमानस्थलमा विस्फोटको आवाज सुनिएको छ।

अमेरिका, बेलायत लगायतका पश्चिमी देशले एयरपोर्टमा हमला हुनसक्ने चेतावनी दिँदै आफ्ना नागरिकलाई सचेत गराईरहेका बेला विस्फोटको घटना सार्वजनिक भएको हो। थप विवरण आउँन बाँकी छ।

तालिबानले अफगानिस्तानको सत्ता कब्जा गरेयता देश छाड्नेहरुका कारण विमानस्थलमा भिडभाड छ।


प्रतिक्रिया दिनुहोस्