आगामी सोमबार सार्वजनिक बिदा

प्रकाशित मिति : १० भाद्र २०७८, बिहिबार  ६ : ५६


काठमाडौं । सरकारले यही भदौ १४ गते सोमबार सार्वजनिक बिदा दिएको छ।

श्रीकृष्ण जन्माष्टमी परेकाले आउँदो सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको गृहमन्त्रालयले जनाएको छ।

मन्त्रालयले आज सूचना जारी गरी नेपाल सरकार मन्त्रिपरिषद्को यही भदौ ३ गतेको निर्णयानुसार मुलुकभर नै लागू हुने गरी बिदा दिइएको जनाएको छ।


प्रतिक्रिया दिनुहोस्