कोरोना लागेको छ भन्दै जताततै थुक्ने महिलालाई जेल सजाय!

प्रकाशित मिति : १० भाद्र २०७८, बिहिबार  ६ : ०७


कोरोना भाइरसबाट विश्व हालसम्म पनि मुक्त हुन सकेको छैन। यसबीचमा अमेरिकमा एक महिललाले सुपरमार्केट गएर जताततै थुक्दै आफूलाई कोरोना लागेको भनेर बबाल मच्चाएको घटना सार्वजनिक भएको छ।

समाचार संस्था एपीका अनुसार पेनसिल्भेनियाकी ३७ वर्षकी मार्गरेट एन सिर्कोलाई हाल सो घटनाकै आधारमा २ वर्षको जेल सजाय तोकिएको छ। उनले गतवर्षको मार्चमा सुपरमार्केटका सामानमा थुकेकी थिइन्।

त्यसबेला उनका कारणले सुपरमार्केटबाट ३५ हजार अमेरिकी डलर बराबरको सामान फ्याक्नु परेको बताइएको छ। दुईवर्ष पुरै उनी जेल बस्नुपर्ने र ८ वर्षसम्म उनले अदालत धाउनुपर्ने बताइएको छ। न्युयोर्क पोस्ट


प्रतिक्रिया दिनुहोस्