तालिबान भन्छः हाम्रा लडाकुले महिलालाई सम्मान गर्न जान्दैनन्, अहिले घरमै बस्नुहोला

प्रकाशित मिति : १० भाद्र २०७८, बिहिबार  ५ : १७


तालिबानले अफगानिस्तान कब्जा गरेपछि महिला अधिकार खोसिने हो कि भनेर चिन्ता बढेको छ। २० वर्षपछि पुनः अफगानिस्तानका महिलामा अधिकार खोसिने र दबिएर बस्नुपर्ने दिन आउने त्रास देखिएको हो। हालै विद्यालय पढ्न गएकै कारण पाकिस्तानमा तालिबानले टाउकोमा गोली हानेका मलाला युसुफजाईले तालिबान फर्किएपछि महिला अधिकार पूर्ण रुपमा खोसिने भन्दै चिन्ता व्यक्त गरेकी थिइन्।

यसबीचमा तालिबानले महिलालाई अधिकार दिइने, कार्यालयमा काम गर्न दिइने भन्दै एउटा पत्रकार सम्मेलानमा बताएको थियो। तर अहिले तालिबानले तत्काललाई महिलाहरु घर भित्रै बस्नपर्ने बताएको छ। तालिबानका प्रवक्ता जबिहुल्ला मुजाहिदले मंगलबार मात्र भनेका छन्,‘महिलाहरु अहिले घरमै बस्नुहोला, हामीले लडाकुलाई महिलालाई सम्मान गर्ने प्रशिक्षण दिएका छैनौं।’

उनले विशेषगरी घर बाहिर काम गर्ने महिलालाई तबसम्म बाहिर ननिस्कनु भनेको छन् जबसम्म महिला सुरक्षाको सुनिश्चितता हुन सक्दैन। आफूहरुले लडाकुहरुलाई महिलालाई सम्मान गर्न सिकाउने र उचित सुरक्षा व्यवस्था मिलाउने बताएका छन्। मुजाहिदका अनुसार लडाकुलाई प्रशिक्षण दिने कार्य अस्थायी प्रक्रिया हो। लाइभ हिन्दुस्तान


प्रतिक्रिया दिनुहोस्