२,४३३ कोरोना संक्रमित थपिए, २६ जनाको मृत्यु

प्रकाशित मिति : १० भाद्र २०७८, बिहिबार  ५ : १४


काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ४ सय ४ जना नयाँ कोरोना संक्रमित थपिएका छन।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ३४ जनाको पीसीआर परीक्षण गरिएकोमा सो संख्यामा नयाँ संक्रमित थपिएका हुन।

यस्तै, आज २६ जनाको मृत्यु भएको छ भने १९२९ जना संक्रमित डिस्चार्ज भएका छन।

योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या सात लाख पाँच हजार ८९३ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ३८४ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ।

आज देशभर थपिएका मध्ये काठमाडौं उपत्यकामा ७३३ जनालाई संक्रमण देखिएको छ।

मन्त्रालयका अनुसार काठमाडौंमा ५६१, भक्तपुरमा ६६ र ललितपुरमा १०६ जना संक्रमित थपिएका हुन्।

त्यस्तै, अहिले काठमाडौं उपत्यकामा १० हजार २ सय ८५ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ६५८७, भक्तपुरमा १४७८ र ललितपुरमा २२२० सक्रिय संक्रमित छन्।


प्रतिक्रिया दिनुहोस्