आगामी ३ दिन भारी बर्षाको सम्भावना

प्रकाशित मिति : १० भाद्र २०७८, बिहिबार  ४ : ५७


काठमाडौं । लगातार ३ दिन भारी बर्षा हुने मौसमविद्हरुले प्रक्षेपण गरेका छन।

बिहीबार एक विज्ञप्ति जारी गर्दै जल तथा मौसम विज्ञान विभागले भदौ १२ गतेसम्म पूर्वदेखि पश्चिम नेपालको पहाडी तथा तराई क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना रहेको बताएको छ।

हाल मनसुनको न्युन चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेकाले अबको ३ दिन भारी वर्षा हुने विभागको भनाइ छ।


प्रतिक्रिया दिनुहोस्