एमाले बलियो बनाउन ‘सेक्रिफाइस’ स्वरुप राजीनामा दिए : शेरधन राई

प्रकाशित मिति : १० भाद्र २०७८, बिहिबार  ४ : ४३


काठमाडौं । प्रदेश १ को मुख्यमन्त्रीबाट एमाले नेता शेरधन राईले राजीनामा दिएका छन।

माधव नेपाल समूह छाडेर केपी ओली पक्षमा आएका नेता भीम आचार्यलाई मुख्यमन्त्री बनाउने सहमति अनुसार राईले पदबाट राजीनामा दिएका हुन। मुख्यमन्त्रीको रुपमा आचार्यले आजै सपथ लिएका छन।

नेता राईले आफूले नेकपा एमालेलाई बलियो बनाउने पदबाट राजीनामा दिएको बताएका छन। समाजिक सञ्जाल फेसबकुमा राईले १० बुँदे सहमित कार्यान्वयनका लागि आफूले ‘सेक्रिफाइस’ (त्याग) गरेको बताएका छन।


प्रतिक्रिया दिनुहोस्