बतास समूहले सवा ३ अर्बमा किन्यो पोखराको मणिपाल अस्पताल

प्रकाशित मिति : १० भाद्र २०७८, बिहिबार  ४ : २२


काठमाडौं । पोखरास्थित मणिपाल शिक्षण अस्पताल बिक्री भएको छ।

पोखरा महानगरपालिका-११ फुलबारीमा रहेको मणिपाल मेडिकल कलेज बतास अर्गनाइजेसन र अटोवेज ग्रुपले खरिद गरेको छ।

कूल ३ अर्ब २५ करोडमा खरिद गरिएको मणिपाल मेडिकल कलेजमा बतास अर्गनाइजेसनको ६० प्रतिशत तथा अटोवेज ग्रुपको ४० प्रतिशत शेयर रहनेछ।

मेडिकल कलेज खरिदसम्बन्धी सबै तयारी पूरा भएको र अन्तिम सम्झौताको ड्राफ्टसमेत तयार भइसकेको छ।

मेडिकल कलेज भारतीय समूहले करिब सवा तीन अर्ब रुपैयाँमा बिक्री गर्ने गरी बतास समूहसँग प्रारम्भिक सम्झौता गरेको हो।

कलेज तथा अस्पताल संचालनमा नेपाल सरकार र मणिपाल कर्मचारी युनियनको लगातार असहयोग रहँदै आएपछि अन्ततः कलेज र अस्पताल दुवै बिक्री गरेर मणिपाल समूह नेपालबाट पूर्णरुपमा बाहिरिन लागेको हो।

मणिपाल मेडिकल कलेज तथा अस्पतालको आफ्नै ३० रोपनी जग्गासहित १० लाख वर्गफिटमा रहेको भवन तथा पूर्वाधार रहेको छ।

अस्पताल र मेडिकल कलेज दुवै गरी त्यहाँ करिब १४०० जना कार्यरत छन्। मेडिकल कलेजलाई हरेक बर्ष एक सय जनालाई एमबीबीएस पढाउने अनुमति छ।


प्रतिक्रिया दिनुहोस्