भिडिओ बनाउन खोज्दा तालिबानले पत्रकारलाई बन्दुकले हिर्काए

प्रकाशित मिति : १० भाद्र २०७८, बिहिबार  ४ : २२


अफगान समाचार च्यानल टोलो न्युजका पत्रकारमाथि तालिबानले कुटपिट गरेका छन्। बिहीबार आफ्ना दुई पत्रकारमाथि कुटपिट भएको टोलो न्युजले जनाएको छ। उनीहरुलाई बन्दुकले हिकाईएको हो।

पत्रकार द्वय जैर याद र बिस मजिदीमाथि काबुलको शहर–ए–निब इलाकामा कुटपिट भएको जनाइएको छ। तालिबानको आगमनपछि बेरोजगारीको अवस्था कस्तो छ भनेर उनीहरु भिडिओ रिपोर्ट बनाइरहेका थिए।

कुनै कारण बिना नै तालिबानले हिर्काएको उनीहरुले बताएका छन्। जैर याद भन्छन्,‘हामीले पत्रकार आईडी देखायौं तर पनि उनीहरुले हामीलाई थप्पड हाने र बन्दुकले कुटपिट गरे। उनीहरुले हाम्रो फोन र क्यामेरा पनि खोसेका छन्।’

टोलो न्युजले तालिबान आएपछि पत्रकारमाथि ज्यादती बढेको जनाएको छ। यसबीचमा तालिबानका संस्कृति आयोगका उपाध्यक्ष अहमदुल्लाह वासिकले यस विषयलाई गम्भीरताका साथ छानबिन गर्ने बताएका छन्।


प्रतिक्रिया दिनुहोस्