नेप्सेमा १७ अंकको वृद्धि, ८ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट

प्रकाशित मिति : १० भाद्र २०७८, बिहिबार  ३ : २६


काठमाडौं । लगातार ३ दिनदेखि घट्दै आइरहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज १७ अंकले बढेको छ।

साताको अन्तिम कारोबार दिन आज विहीबार नेप्से परिसुचक १७.६० अंकले बढेर परिसुचक ३०९४.०५ बिन्दुमा बजार बन्द भएको छ।

यसदिन कारोबार रकम १३ अर्ब ४२ करोड रहेको छ। कुल २३२ कम्पनीको कारोबार भएको हो।

आज ८ कम्पनीमा पोजटिभ सर्किट लागेको छ। सर्किट लाग्ने कम्पनीहरुमा नारायणनी डेभलपमेन्ट बैंक, श्री इन्भेष्टमेन्ट एण्ड फानान्स, गुहेश्वरी मर्चेन्ट, अरुण भ्याली हाइड्रोपावर, कर्पोरेट डेभलपमेन्ट बैंक, आँशुखोला जलविद्युत, घलेम्दी हाइड्रो र जीवन विकास लघुवित्त रहेको छ।

 

 

 


प्रतिक्रिया दिनुहोस्