गान्धी भन्छन्ः सरकार सम्पत्ति बेच्नमा व्यस्त छ, आफ्नो ख्याल आफैं राखौं

प्रकाशित मिति : १० भाद्र २०७८, बिहिबार  २ : ४९


भारतमा कोरोना भाइरसको बढ्दो संक्रमणको विषयलाई लिएर विपक्ष दल काँग्रेस आईका वरिष्ठ नेता राहुल गान्धीले मोदी सरकारको आलोचना गरेका छन्। उनले व्यंग्यात्मक रुपमा सरकार सरकारी सम्पत्ति बेच्नमा व्यस्त भएको बताउँदै जनताले आफ्नो ख्याल आफैंले गर्नुपर्ने बताएका हुन्।

गान्धी ट्विटरमा लेख्छन्,‘कोरोना संक्रमितको बढ्दो संख्या चिन्ताजनक छ। अर्को लहरको गम्भीर खतराबाट बच्न खोप अभियान तिव्र रुपमा बढाउन जरुरी छ। कृपया आफ्नो ख्यान आफैंले गरौं, किनभने सरकार अहिले विक्रीमा व्यस्त छ।’

गान्धीले बारम्बार भारतीय जनता पार्टीको सरकारले पछिल्लो ७० वर्षमा जम्मा गर्न सकिएको सरकारी सम्पत्ति ‘सम्पत्ति मौद्रीकरण पाइपलाइन योजना’ अनुसार बेचिरहेको आरोप लगाउँदै आएका छन्।


प्रतिक्रिया दिनुहोस्