तालिबानका समर्थक मानिएका सी र पुटिनबीच फोनवार्ता, अफगानिस्तानलाई सहयोग गर्ने भनाइ

प्रकाशित मिति : १० भाद्र २०७८, बिहिबार  २ : १८


चिनियाँ राष्ट्रपति सी चिनफिङ र रुसी समकक्षी भ्लादिमिर पुटिनबीच फोनवार्ता भएको छ। वार्ताका क्रममा उनीहरुले दुई देशबीचको सम्बन्ध र सहयोग आदानप्रदानका साथै अरु विभिन्न आन्तरिक मामिलामा छलफल गरेका थिए।

हाल अफगानिस्तानमा देखिएको अवस्थाका बारेमा पनि उनीहरुबीचमा कुराकानी भएको बताइएको छ। चिनियाँ राष्ट्रपति सीले अफगानिस्तानको स्वतन्त्रता र सार्वभौमिकताको चीनले सधैँ सम्मान गर्ने बताए साथै उनले यस विषयमा आगामी दिनमा पनि चीनले अफगानिस्तानमा रचनात्मकरुपमा सहयोग गर्ने बताए।

हाल अफगानिस्तानमा देखिएको समस्याको समाधान रचनात्मकरुपले गर्नका लागि चीनले सहयोग पुर्याउने उनले उल्लेख गरेका थिए। यसका लागि रुससहित विभिन्न देशलगायत अन्तरराष्ट्रिय समुदायसँग आवश्यक छलफल र परामर्श गरेर अफगानिस्तानको समस्या समाधानका लागि चीनले सहयोग गर्ने उनको भनाइ थियो।

यस्तै अफगानिस्तानमा हाल देखिएको असहज परिस्थितिमा अफगानिस्तान र त्यहाँका नागरिकलाई सहयोग गर्न रुस पनि तयार रहेको राष्ट्रपति पुटिनले बताएका छन्। रासस


प्रतिक्रिया दिनुहोस्