भायानेटको पर्पल प्याक अफर : इन्टरनेट, टिभी प्याकेजसँगै एनसेलको ४८ जीबी मोबाइल डेटा सित्तैमा

प्रकाशित मिति : १० भाद्र २०७८, बिहिबार  २ : ११


इन्टरनेट कनेक्टिभिटी र टेलिभिजन सेवा प्र्रदायक भायानेटले एनसेलसँगको सहकार्यमा अल इन वान, ‘भायानेट पर्पल प्याक’ ल्याएको छ ।

यस अफर अन्तर्गत ८० एमबिपिएस भायानेट इन्टरनेट लिंदा ग्राहकहरुले १७५ भन्दा बढी च्यानल भएको भाया टिभीसँग–सँगै एनसेल सिम सित्तैमा पाउनेछन । यस सिम मार्फत ग्राहकले प्रत्येक महिना ४ जीबीका दरले एक वर्षसम्म कुल ४८ जीबी मोबाइल डेटा सित्तैमा पाउनेछन । त्यस्तै गरी, यो सिम मार्फत ग्राहकहरुले अन्य एनसेल नम्बरमा कल गर्नका लागि मासिक ५० मिनेट टक टाइम, मासिक ५० वटा एसएमएस, भायानेटको कल सेन्टरमा महिनाको ५० मिनेट निःशुल्क कल र भायानेट एप चलाउन महिनाको १ जीबी थप निःशुल्क मोबाइल डेटा जस्ता उत्कृष्ट र उपयोगी सुविधाहरु पनि पाउने छन् ।

यी सबै सुविधाहरु ग्राहकहरुले जम्मा मासिक रु १६०० मा पाउन सक्नेछन् । यो अफर भायानेटको १०० एमबिपिएस इन्टरनेटमा पनि उपलब्ध छ ।

 

 


प्रतिक्रिया दिनुहोस्