महरालाई फेरि रोशनी शाहीको चुनौती, भन्छिन्ः अर्को मुद्दा बाँकी नै छ महरा जी

प्रकाशित मिति : १० भाद्र २०७८, बिहिबार  १ : ५२


हालैमात्र नेकपा माओवादी केन्द्रको प्रवक्तामा नियुक्त भएका कृष्णबहादुर महरालाई फेरि रोशनी शाहीको चुनौती थपिएको छ। यसअघि बलात्कार प्रयासको मुद्दा लगाउने रोशनीकै कारण उनको सभामुख पद गएको थियो। यतिबेला त्यो मुद्दा भुलाएर नयाँ ढंगबाट राजनीति थाल्न लागेका महरालाई रोशनीले फेसबुकमा भनेकी छिन्,‘अर्को मुद्दा बाँकी नै छ महरा जी।’

बलात्कार मुद्दामा महराले जिल्ला अदालत काठमाडौँ र उच्च अदालत पाटनबाट सफाई पाइसकेका छन्। तर रोशनीले महरालाई इंगित गर्दै स्टाटसहरु पोस्ट गरेपछि उनीमाथि फेरि चुनौती थपिएको हो।

एक अर्को स्टाटसमा शाहीले भनेकी छिन्,‘पुरुष अगाडि बढ्नुमा महिलाहरु जल्नुपर्छ मर्नुपर्छ मृत्युको शय्यामा आगोको ज्वालामा बसेर पुरुषहरु आफ्नो ढाँड सेकाउँछन्।’ उनले यतिबेला फेरि महराविरुद्ध मुद्दा हाल्ने प्रयास गरेको हुनसक्ने अनुमान गरिएको छ। यद्यपी उनले आफूलाई महराले केही नगरेको भनेर अदातलमा बताएकी थिइन्।


प्रतिक्रिया दिनुहोस्