प्रदेश १ का मुख्यमन्त्री बनेका भीम आर्चायले शपथ लिए

प्रकाशित मिति : १० भाद्र २०७८, बिहिबार  १२ : ४०


प्रदेश १ को मुख्यमन्त्री पदबाट शेरधन राईले राजीनामा दिएकै दिन भीम आचार्य सो प्रदेशका मुख्यमन्त्री बनेका छन्। उनले केहीबेर अगाडि मात्र मुखयमन्त्रीको शपथ लिएका छन्।

मुख्यमन्त्री बन्न अगाडि मात्र आचार्य एमाले संसदीय दलको नेतामा चयन भएका थिए। आज राईले प्रदेश प्रमुखलाई भेटेर आफ्नो राजीनामा बुझाएका थिए। त्यसपछि विराटनगरमा बसेको एमाले संसदीय दलको बैठकले आचार्यलाई सर्वसम्मतले संसदीय दलको नेतामा चयन गरेको थियो। राईकै प्रस्तावमा आचार्य दलको नेता चयन भएका हुन्।

माधव कुमार नेपालको साथ छोडेर एमालेमै रहने निर्णय गरेपछि आचार्यलाई बिहीबार नै मुख्यमन्त्री बनाइएको हो। प्रदेश १ मा ९३ जना प्रदेशसभा सदस्य छन्। जसमध्ये अहिले ९२ जना सांसद छन्। प्रदेशसभामा एमालेका मात्र ५२ सदस्य छन्। प्रदेशसभामा एमालेको एकल बहुमत भएकादे दलको नेता चयन भएसँगै आचार्यलाई मुख्यमन्त्री बन्ने बाटो खुलेको हो।


प्रतिक्रिया दिनुहोस्