प्रदेश १ को मुख्यमन्त्रीबाट राईले दिए राजीनामा, आचार्यले मुख्यमन्त्रीमा शपथ लिँदै

प्रकाशित मिति : १० भाद्र २०७८, बिहिबार  १२ : १२


प्रदेश १ को मुख्यमन्त्री पदबाट शेरधन राईले राजीनामा दिएका छन्। यससँगै आजै एमाले संसदीय दलको नेतामा चयन भएका भीम आचार्यलाई मुख्यमन्त्री बनाइने भएको छ। आचार्यले केहीबेरमा मुख्यमन्त्रीको शपथ लिने कार्यक्रम छ।

राईले प्रदेश प्रमुखलाई भेटेर आफ्नो राजीनामा बुझाएका हुन्। बिहीबार विराटनगरमा बसेको एमाले संसदीय दलको बैठकले भीम आचार्यलाई सर्वसम्मतले संसदीय दलको नेतामा चयन गरेको हो। राईकै प्रस्तावमा आचार्य दलको नेता चयन भएका हुन्।

माधव कुमार नेपालको साथ छोडेर एमालेमै रहने निर्णय गरेपछि आचार्यलाई बिहीबार नै मुख्यमन्त्री बनाउन लागिएको हो। प्रदेश १ मा ९३ जना प्रदेशसभा सदस्य छन्। जसमध्ये अहिले ९२ जना सांसद छन्। प्रदेशसभामा एमालेका मात्र ५१ सदस्य छन्। जसमध्ये एक जना सभामुख छन्।


प्रतिक्रिया दिनुहोस्