पन्जसिरका लडाकुको चेतावनीः तालिबानको अनुहार भुइँमा जोतिदिन्छौं

प्रकाशित मिति : १० भाद्र २०७८, बिहिबार  ११ : ४२


अफगानिस्तानमो पन्जसिर उपत्यकाका लडाकुहरुले तालिबानसँग युद्ध गर्ने कसम खाएका छन्। यद्यपी तालिबानले पन्जसिरका लडाकुहरुलाई आफ्नो दाजु–भाई भएकाले छलफलमार्फत् विवाद टुंग्याउने बताएका छन्।

यसबीचमा भारतीय अंग्रेजी पत्रिका टाइम्स अफ इन्डियाको समाचारअनुसार पन्जसिरका लडाकु तालिबानको अनुहार भुइँमा जोत्न तयार छन्। पत्रिका अनुसार एक नेसनल रेजिस्टेन्स फ्रन्ट एनआरएफका एक लडाकुले तालिबानीको अनुहार भुइँमा जोतिदिने बताउँदा अन्य लडाकुले अल्लाहु अकबरको नारा लगाएका थिए।

खबरअनुसार देशका सेना तथा प्रहरीहरु पनि एनआरएफमा आवद्ध छन्।

यो पनिः तालिबानसँग कहिल्यै नहारेको पन्जसिरले यसपटक घुँडा टेक्ला त? (पन्जसिरको कथा)

-पन्जसिरमा बाल लडाकु जो तालिबानविरुद्धको युद्धमा होमिएका छन्

-पन्जसिरका लडाकुले युद्ध गर्ने भनेपछि तालिबानले भन्योः हामी आफ्ना भाइहरुसँग वार्ता गर्छौं

 


प्रतिक्रिया दिनुहोस्