फुटबल प्रशिक्षक अल्मुताइरीले लेखे : आई एम आउट

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार  ६ : ५७


काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले राखेपको प्रतिवेदनप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिने संकेत गरेका छन।

उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफू बाहिरिएको लेखेका छन।

राष्ट्रिय खेलकुद परिषदले बनाएको छानविन समितिले प्रतिवेदन दिए लगत्तै अल्मुताइरीले ‘आइम आउट’ भन्दै स्टाटस लेखेका हुन।

केही समयअघि अल्मुताइरीले राष्ट्रिय फुटबल टिमको प्रमुख प्रशिक्षकबाट राजीनामा दिने घोषणा गरेका थिए।

नेपाल फुटबल संघ एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङसँग विवाद भएपछि उनले राजीनामा दिएका थिए। राखेपले विवाद सुल्झाउन छानबिन समिति बनाएको थियो।


प्रतिक्रिया दिनुहोस्