अफगानिस्तानका शरणार्थीविरुद्ध नेदरल्यान्ड्समा चर्को विरोध

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार  ६ : ०८


तालिबानले देश कब्जा गरेपछि अफगानिस्तान छाड्न चाहने अफगानी नागरिकको लर्को लागेको छ। यसबीचमा विश्वका धेरै मूलुकले अफगान नागरिहरुलाई आफ्नो देशमा शरणार्थीको रुपमा स्वीकारेका छन्। जसका लागि उनीहरुले आफ्नो विमानमा अफगान नागरिकलाई आफ्नो देश लगिरहेका छन्।

तर नेदरल्यान्ड्समा भने अफगान शरणार्थीहरुको विरोध भएको छ। नेदरल्यान्ड्सका नागरिकहरुले सुरुवातमा अफगान नागरिक त्यहाँ लान नहुने भन्दै शान्तिपूर्ण प्रदर्शन गरेका थिए। तर प्रहरीले सडकबाट हट्न भन्दा पनि नमानेपछि प्रदर्शन चर्किएको बीबीसले जनाएको छ।

हालसम्म नेदरल्यान्ड्सले ८ सय अफगान शरणाथीलाई उद्धार गरेर लगिसकेको छ। नेदरल्यान्ड्सका नागरिकहरुले विरोध जनाएपछि अधिकारवादी संस्थाहरुले शरणार्थीको विरोध गर्नु मानवअधिकारमाथिको प्रहार भएकोब बताएका छन्।

नेदरल्यान्ड्समा देशभक्ति गीत गाएर, सडकमा टायर बालेर प्रदर्शन भइरहेको हो।


प्रतिक्रिया दिनुहोस्