एमबाप्पेका लागि मड्रिडले राखेको १६० मिलियन युरोको प्रस्ताव पीएसजीद्वारा अस्वीकार

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार  ५ : १०


रियल मड्रिडले पीएसजीका स्टार केलिएन एमबाप्पे अनुबन्ध गर्न खोजिरहेको छ। जसका लागि हालै मड्रिडले १६० मिलियन युरो प्रस्ताव गरेको थियो। तर पीएसजीले मड्रिडको प्रस्ताव अस्वीकार गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन्।

हाल पीएसजीमा मेस्सी, नेमार, डि मारिया, रामोसजस्ता खेलाडी छन्। एमाप्पे एक भरपर्दा खेलाडी हुन्। यी खेलाडीको उपस्थितीमा पीएसजीले च्याम्पियन्स लिग जित्न चाहन्छ। तर एमबाप्पेको लागि मड्रिडले राखेको प्रस्ताव राम्रो हो। किनभने आगामी सिजन पीएसजी र एमबाप्पेबीच सम्झौता सकिनेछ।

यदी एमबाप्पेले नयाँ सम्झौता नगरेको खण्डमा पीएसजीले एमबाप्पेलाई फ्रि–ट्रान्सफरमा स्वतन्त्र छाड्नुपर्ने हुन्छ। यस्तो अवस्थामा पीएसजीले कुनै रकम पाउने छैन।

लामो चर्चापछि मड्रिडले मंगलबार पीएसजीसँग एमबाप्पेका लागि औपचारिक प्रस्ताव गरेको थियो। तर पिएसजीले एमबाप्पेलाई बेच्ने मनसाय नरहेको भन्दै उक्त प्रस्ताव अस्विकार गरेको हो।

एमबाप्पेले लामो समयदेखि रियल मड्रिडबाट खेल्ने चाहना व्यक्त गरिरहेका छन्। तर अहिलेभन्दा बढी रकमबाट प्रस्ताव आयो भने पीएसजीले एमबाप्पे यसै सिजन बेच्न पनि सक्छ। एजेन्सी


प्रतिक्रिया दिनुहोस्