मार्क्सवादी सोच स्थापित गर्न चीनमा राष्ट्रपति सीको विचारधारा विद्यालयमा पढाइने

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार  ४ : ३५


चीनमा राष्ट्रपति सी चिनफिङको राजनीतिक विचारधारा राष्ट्रिय पाठ्यक्रममा समावेश गरिएको छ। चीनको शिक्षा मन्त्रालयका अनुसार सी चिनफिङ विचारधाराबाट चीनका विद्यार्थीमा मार्क्सवादी विचारधारा स्थापित हुनेछ। यस विचारधारा प्राथमिकत तहका विद्यालयदेखि विश्वविद्यालयसम्म पढाई हुनेछ।

कम्युनिस्ट पार्टीको भूमिका समाजको विभिन्न क्षेत्रमा मबजुत बनाउने प्रयास स्वरुप सी विचारधारा पाठ्यक्रममा समावेश गरिएको हो। शिक्षा मन्त्रालयका अनुसार सी विचारधारा पाठ्यक्रममा समावेश गरिनुको लक्ष्य समाजवादको निर्माणकर्ताहरु र उत्तराधिकारीहरुलाई तयार गर्नु हो।

मन्त्रालयकाअनुसार यो नैतिक, बौद्धिक, शारीरिक र सौन्दर्यको स्तरमा गरिनेछ। नयाँ पाठ्यक्रममा श्रम शिक्षा पनि समावेश छ। अधिकारीहरुका अनुसार कडा मिहिनेत गर्ने विद्यार्थाीलाई बढावा दिइनेछ। यस्तै विद्यार्थीहरुलाई सानैबाट राष्ट्रिय सुरक्षाको विषयमा पनि शिक्षा दिइनेछ।

सन् २०१८ मा चीनको संविधानमै सी विचारधारा समावेश गरिएको थियो। प्राथमिक तहमा देश, कम्युनिस्ट पार्टी, समाजवादप्रति आस्था र झुकाव बढाउन सी विचारधारा राखिएको हो। यसअघि चीनमा माओत्से तुङ र देंग साओपिङको विचारधारा मात्र पढाई हुने गर्दथ्यो। अब विद्यार्थी, सरकारी कर्मचारी तथा करोडौं कम्युनिस्ट पार्टीका सदस्यहरुले सी विचारधारा पनि पढ्नेछन्।

सी विचारधारासँगै चीनमा समाजवादी युगको नयाँ सुरुवात भएको विश्लेषण गरिन्छ। कम्युनिस्ट पार्टीले नयाँ युगलाई आधुनिक चीनको तेस्रो अध्याय भनेका छन्। बीबीसी


प्रतिक्रिया दिनुहोस्