सलमान खानलाई विमानस्थलमा रोक्ने सुरक्षाकर्मी भए पुरस्कृत

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार  ३ : ५९


सलमान खान यतिबेला ‘टाइगर ३’ चलचित्रको सुटिङका लागि रुसमा छन्। तर जब उनी भारतबाट रुस जान लागेका थिए उनलाई विमानस्थलमा एक प्रहरी अधिकारीले गेटमा रोकेर कागजपत्र मागेका थिए।

सलमान कागजपत्र बिनै विमानस्थल पस्न खोजेपछि एक सुरक्षाकर्मी रोकेर उनलाई कागजपत्र मागेका थिए। केहीबेरमा कागजपत्र देखाएपछि भने उनलाई भित्र प्रवेश गर्न दिइएको थियो। सलमानलाई विमानस्थलमा रोक्ने सुरक्षाकर्मीलाई कारवाही भएको भनेर यसअघि कयौं समाचारहरु सम्प्रेषण भएका थिए।

तर यतिबेला भारतीय गृहमन्त्रालय अन्तगर्तको सीआईएसएफले ती सुरक्षाकर्मीलाई कारवाही नुहने बरु राम्रो काम गरेकोमा पुरस्कृत गरिएको बताएको छ।

भिडिओ


प्रतिक्रिया दिनुहोस्