काठमाडौंमा भदौ ११ देखि भेरोसेलको दोस्रो डोज दिइने

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार  ३ : ३६


काठमाडौं । काठमाडौं उपत्यकामा भदौ ११ गतेदेखि भेरोसेल खोपको दोस्रो डोज दिइने भएको छ।

काठमाडौं महानगरपालिकाले विज्ञप्तिमार्फत पहिलो मात्रा लगाएको २१ दिन पुरा भएकालाई भदौ ११ गते १३ गतेसम्म दोस्रो मात्रा दिइने जानकारी दिएको छ।

महानगरका ३२ वडामै खोप दिइने उल्लेख छ।

काठमाडौं जिल्लामा भेरोसेलको पहिलो मात्रा लगाएका २ लाख १६ हजार जनालाई दोस्रो मात्रा लगाइने भएको छ।

भदौ ५, ६ र ७ गते सार्वजनिक विदा परेकाले ९ गते दिइने भनेको खोप कार्यतालिकाअनुसार खोप नदिएर भदौ ११ गतेदेखि दिइने व्यवस्था मिलाइएको हो।

यस्तै, महानगरले ३२ वटै वडामा बिहीबार (भोली एक दिन मात्र) भेरोसेलको पहिलो खोप लगाउने जनाएको छ।


प्रतिक्रिया दिनुहोस्