प्रचण्डद्वारा भरतपुर मेट्रोप्लाजाको शिलान्यास

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार  ३ : ३२


नेकपा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ले भरतपुर मेट्रोप्लाजाको शिलानझगरेका छन्।

आज एक कार्यक्रमका बीच अध्यक्ष प्रचण्डले उक्त भवनको शिलान्यास गरेका हुन।

भरतपुर महानगरपालिकाको गौरवको परियोजनाका रुपमा लिइएको भरतपुर मेट्रो प्लाजा बहु उदेश्यीय ब्याबसायीक भवनको शिलान्यास समारोहमा बोल्दै अध्यक्ष प्रचण्डले चितवन जिल्ला र भरतपुर नगर देशकै नमुना नगरका रुपमा विकास भइरहेको बताए।

सार्बजनिक निजी साझेदारी अवधारणा अनुरूप आर्या बिल्डर्सद्वारा निर्माण संचालन र हस्तान्तरण बिधि अनुरूप सुबिधा सम्पन्न १४ तले भवन निर्माण हुने छ।

आफुले चाहे अनुरुपको विकास चितवनमा हुन नदिन ओली र उहाँको सरकारले अनेक प्रपन्च गरेपनि चितवनको विकास गर्न आफू धेरै सफल भएको प्रचण्डले बताए।

आफैंले बनाएको प्रधानमन्त्री चितवन र मप्रति यतिधेरै नकरात्मक र पूवाग्रही बन्नुभयो’, उनले भने, ‘निर्वाचनपछिको अवधि मिठो रहेन।’

उनले ठूला विकास आयोजनाहरु सुरु गर्न खोज्दा आफूमाथि प्रहार र निषेध गरेको आरोप लगाए।

भरतपुर महानगरपालिकालाई स्मार्ट सिटीका रुपमा एक अर्ब रुपैयाँ बजेट विनियोजन नगरेको भन्दै असन्तुष्टी समेत जनाए। रासस


प्रतिक्रिया दिनुहोस्