नेपाल पक्षले निर्वाचन आयोगमा सनाखत गरेपछि दल दर्ता प्रक्रिया पुरा

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार  २ : ३२


माधवकुमार नेपाल पक्षका सांसद र केन्द्रिय सदस्यले निर्वाचन आयोगमा गएर सनाखत गरेपछि अब नयाँ दल दर्ता प्रक्रिया पुरा भएको छ। पूर्वप्रधानमन्त्री नेपाल पक्षले नयाँ दलको रुपमा नेकपा एकीकृत समाजवादी दर्ता प्रक्रिया अगाडि बढाएका थिए।

सरकारको अध्यादेशअनुसार नयाँ दल दर्ताको लागि नेकपा एकीकृत समाजवादीबाट पुग्दो ५५ जना केन्द्रीय सदस्यले सनाखत गरेका हुन्। नेयाँ पार्टीका लागि वरिष्ठ नेता झलनाथ खनालले भने भारतको नयाँदिल्लीबाटै सनाखत गरेका छन्। बिरामी उनको त्यहाँ उपचार भइरहेको छ।

नेताहरुले आयोगमा सनाखत गरेसँगै नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी नयाँ पार्टीको रुपमा दर्ता हुने भएको छ।No description available.


प्रतिक्रिया दिनुहोस्