सभामुखविरद्ध उत्रिए ओली, भनेः सभामुख नै एमाले फुटाउने षड्यन्त्रमा लागे

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार  १ : ५०


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्नी सापकोटा एमाले फुटाउने पड्यन्त्रमा लागेको आरोप लगाएका छन्। आफ्नो पार्टीले १४ सांसदलाई कारवाही गरेता पनि त्यसको सूचना टाँस्न रोकेको भन्दै ओली सभामुख सापकाटामाथि खनिएका हुन्।

एमालेले गरेको कारवाही ७ दिनसम्म रोकेर सभामुखले आफू नै न्यायालय बन्न खोजेको ओलीले आरोप लगाए। ओलीले पार्टीले कारवाही गरिसकेपछि सभामुखमा त्यसलाई विचाराधीन राख्ने अधिकार नभएको बताए ।

ओलीले भनेका छन्, ‘प्रचण्डले आदेश दिँदा टोपबहादुर रायमाझीजीहरुमाथि हतार–हतार कारवाही गर्नभयो। तर, एमालेले गरेको कारवाही गरेको नौ दिनसम्म कार्यान्वयन गर्नुभएको छैन। हिजो त उहाँ दाँत टाल्न जानुभएको थियो।’


प्रतिक्रिया दिनुहोस्