माधवकुमार नेपाल र उनका सहयोगीहरु पुगे निर्वाचन आयोग

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार  ११ : ५७


माधव नेपालसहित उनका सहयोगीहरु निर्वाचन आयोग पुगेका छन्। सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याएपछि नै नेपाल पक्षले नयाँ पार्टी दर्ता प्रक्रिया बढाएका थिए। यतिबेला प्रस्तावित नेकपा एकीकृत समाजवादी पार्टीको सनाखतको लागि आयोगले उनीहरुलाई बोलाएको हो।

उनीहरु चन्द्रागिरिबाट सिधै प्रस्तावित नेकपा एकीकृत समाजवादीको सनाखतका लागि बिहान आयोग पुगेका हुन्। आयोगले साढे ११ बजेदेखि दिउँसो २ बजेसम्मको समय सनाखतको लागि दिएको थियो। गत सोमबारदेखि नै चन्द्रागिरिमा नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक चलेको थियो।

सनाखत गरेपछि प्रमाण पुगेमा आजै आयोगले अध्यक्ष नेपाललाई पार्टी दर्ताको प्रमाण पत्र दिने तयारी गरेको छ। माधवकुमार नेपालको पार्टीको सनाखत आयोग कार्यालयको दाहिनेपट्टीको कोठामा भैरहेको छ। नागरिकता वा मतदाता परिचय पत्रसहित केन्द्रीय सदस्य र सांसदलाई भने संसद परिचय पत्रसहित उपस्थित भएका छन्।

नयाँ पार्टी दर्ताका लागि केन्द्रीय कमिटी वा संघीय संसदीय दलमा २० प्रतिशत हुनुपर्छ। नेपाल पक्षले साविक नेकपा ९एमाले०मा केन्द्रीय सदस्य रहेका ६० जना र ३१ सांसद आफ्ना पक्षमा रहेको दावी गरेको छ।


प्रतिक्रिया दिनुहोस्