विश्व बैंकको यस्तो फैसलाले तालिबानलाई देश चलाउने हुने भयो सकस

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार  ११ : ००


विश्व बैंकले अफगानिस्तान परियोजनाको लागि सहयोग रकम प्रदान नगर्ने घोषणा गरेको छ। अफगानिस्नात कब्जा गरेपछि विश्व बैंकले यस्तो फैसला गरेको हो। विश्व बैंकका अनुसार तालिबान सत्तामा आएसँगै विकासको परियोजना खासगरी महिला अधिकारमा नकरात्मक असर पर्नेछ।

यसअघि आईएमएफले पनि अफगानिस्तानलाई सहयोग नगर्ने बताउँदा अमेरिकाले अफगानिस्तान सेन्ट्रल बैंकको सम्पत्ति जफत गरेको थियो। यसरी चारैतिरबाट आफ्नो सम्पत्तिमा हक नहुने भएपछि तालिबानलाई देश चलाउने सकस हुने देखिएको छ। आईएमएफले तालिबानलाई ऋण नदिने बताएको हो।

विश्व बैंकका एक प्रवक्ताले बीबीसीसँग भनेका छन्,‘हामीले अफगानिस्तानमा जारी राखेको सहयोग बन्द गरेका छौं। हामीले अफगानिस्तानको वर्तमान स्थितिको निगरानी गरी रहेका छौं। हामी हाम्रा अन्तर्राष्ट्रिय साझेदारहरु र विकासमा संलग्न भएकासँग छलफल जारी राख्नेछौं। अफगानिस्तानका जनताको मद्दतको लागि हामी सक्दो प्रयास गर्नेछौं।’


प्रतिक्रिया दिनुहोस्