देशभर २ हजार ५२५ कोरोना संक्रमित थपिए, ३५ जनाको मृत्यु

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलबार  ५ : २४


काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ५२५ जना नयाँ कोरोना संक्रमित थपिएका छन।

स्वास्थ्य जनसंख्या मन्त्रालयका अनुसार मंगलबार १४ हजार ८१० जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।

त्यस्तै, २ हजार ८६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। यसैगरि आज ३५ जनाको संक्रमणका कारण निधन भएको छ।

आज उपत्यकामा थपिएका मध्ये काठमाडौंमा ५१८, ललितपुर जिल्लामा ११९ र भक्तपुरमा ५२ जना नयाँ संक्रमित थपिएका हुन।


प्रतिक्रिया दिनुहोस्