अमेरिका दक्षिण चीन सागरबाट पछि हट्ने देखिएन, चीनलाई भन्योः जबर्जस्ती चल्दैन

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलबार  ४ : २६


दक्षिण पूर्वी एसियाको भ्रमणमा रहेकी अमेरिकी उप–राष्ट्रपति कमला ह्यारिसले सिंगापुर भ्रमणको बेला दक्षिण चीन सागरको मुद्दामा धारणा राख्दै चीनप्रति निशाना साँधेकी छिन्। सोमबारबाट उनको दक्षिण पूर्वी एसियाको भ्रमण सुरुवात भएको छ। उनले सिंगापुर भ्रमणका बेला दक्षिण चीन सागरमा चीनले जबर्जस्ती गरेको गर्ने गरेको र अन्य दाबीकर्ता मुलुकलाई धम्क्याउने गरेको आरोप लगाइन्।

दक्षिण चीन सागर एक रणनीतिक समुद्र मार्ग हो। यो समुद्र तेल र ग्यासजस्ता प्राकृतिक खनिजले सम्पन्न छ। तर यो पुरा समुद्री क्षेत्रमा चीनले आफ्नो अधिकार भएको बताउँछ। चीनसँगै भियतनाम, फिलिपिन्स, मलेसिया र ब्रुनाईले पनि यो समुद्रमा दाबी प्रस्तुत गर्दछन्। ह्यारिसले दक्षिण चीन सागरको विषयमा भनेकी छिन्,‘हामी खतराको स्थितीमा आफ्ना सहयोगीको साथमा हुनेछौं।’Essential Politics: Misunderstood, set up to stumble — or neither? Making  sense of Kamala Harris' standing - Los Angeles Timesह्यारिस

दक्षिण चीन सागरको मामिलामा अमेरिकाले चीनको दाबीको बिरोध गर्दै आएको छ र पछिल्लो समय अमेरिकी जहाजहरु सो समुद्री क्षेत्रमा तैरिन थालेका छन्। सन् २०१६ मा अन्तर्राष्ट्रिय अदालतले पनि यो सागरमा चीनको दाबी अवैधानिक भएको बताएको थियो। इन्डो–प्यासिफिक क्षेत्रमा चीनविरुद्ध एक हुने भनेर अमेरिकाले भारत, अस्ट्रेलिया, जापान र आफू सम्मिलित क्वाड समूह नै गठन गरेको छ।

सिंगापुरमा ह्यारिसले भनेकी छिन्,‘चीनका यी अवैध दाबीहरु खारेज भइसकेका छन्। तर बेइजिङको पछिल्ला गतिविधिले यहाँ नियममा आधारित फैसलालाई बेवास्ता गरीरहेको छ र त्यो अन्य राष्ट्रहरुको सार्वभौमिकताको लागि खतरा छ।’ चीनले दक्षिण चीन सागरमा कृत्रिम टापु खडा गरेर सेना नै तैनाथ गरेको छ।

अमेरिकी यस टिप्पणीले चीन र अमेरिकाबीचको सम्बन्ध थप चिसिने अनुमान गरिएको छ। यो सागरको दाबीकर्ता राष्ट्र अमेरिका होइन तर अमेरिकी उपस्थिती यहाँ बढ्दै गएपछि चीनीले अमेरिकाले आफ्नो सार्वभौमिकतामाथि प्रहार गरेको आरोप लगाउँदै आएको छ। आफूले आवश्यक कारवाही गर्ने पनि चीनले बताएको छ। तर ह्यारिसले दक्षिण चीन सागरको विषयमा दिएको पछिल्लो अभिव्यक्तिले अमेरिका यहाँ आफ्नो उपस्थिती देखाउन दृढ छ भन्ने देखिन्छ। बीबीसी


प्रतिक्रिया दिनुहोस्