सेयर बजारमा ५६ अंकको गिरावट, हाइड्रो क्षेत्रमा ठुलो पहिरो

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलबार  ३ : १७


काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज लगभग ५६ अंकको गिरावट आएको छ।

नेप्से परिचसुचक आज ५५.८९ अंकले घटेर ३१२५.०१को बिन्दुमा बजार बन्द भएको छ।

आज सबैभन्दा धेरै हाइड्रो क्षेत्रका कम्पनीको मूल्यमा नेगेटिभ सर्किट लागेको छ।

गत बिहीबार समेत उच्च अंकले घटेको हाइड्रोपावर उपसमूहको सूचक मंगलबार ६ प्रतिशत बढीले घटेको छ।

यस दिन कारोबारमा आएका अधिकाँश हाइड्रोपावर कम्पनीको शेयर नकारात्मक सर्किट लागेर घटेको छ।

विद्युत नियमन आयोगले हाइड्रोपावर कम्पनीहरूको शेयर अध्ययन गरेर मात्रै गरिद गर्न भनेपछि अधिकाँश हाइड्रोपावर कम्पनीको शेयरमा प्यानिक सेल देखिएको हो।

यी हुन आज धेरै गुमाउने हाइड्रो कम्पनी

शेयर बजारमा उच्च अंकको गिरावट आएपनि आज फाइनान्स र नन लाइफ क्षेत्रमा भने बृद्धि देखियो। यी हुन आज कमाउने १० कम्पनी

यसदिन बजारमा १६ अर्बबढीको कारोबार भएको छ।

 


प्रतिक्रिया दिनुहोस्