लम्बियो निषेधाज्ञा, उपत्यकामा साँझ ८ बजेपछि सवारी साधन चलाउने पाइने

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलबार  २ : ४८


काठमाडौं । काठमाडौं उपत्यकामा साँझ ८ बजेपछि सवारी चलाउन रोक लगाएको नियम सिडिओहरुले फिर्ता लिएका छन।

आज उपत्यकाका ३ वटै जिल्लाका सिडिओहरुको बैठकले यसअघि बेलुकी सवारी साधन सञ्चालनमा रोक लगाएकोमा अबदेखि सञ्चालन गर्न दिने निर्णय गरेका हुन्।

यसअघि साँझ ८ बजेपछि सवारी साधन चलाउन रोक लगाइएको भन्दै आलोचना भएपछि अधिकारीहरुले सो निर्णय फिर्ता लिएका हुन।

आदेशमा यसअघि निषेध गरिएका सभा, सम्मेलन, पार्टी प्यालेस, डान्सबार रेस्टुरेन्ट लगायत भीडभाड हुने गतिविधिलाई आगामी भदौ १६ सम्म यथावत राखिएको छ । तर प्रशासनले जारी गरेको आदेश सरकारी निकाय र विभिन्न राजनीतिक दलले उल्लंघन गरिरहेका छन्।

 


प्रतिक्रिया दिनुहोस्