काबुलबाट युक्रेनको विमान हाइज्याक, इरान लगियो

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलबार  २ : २२


काबुल । अफगानिस्तानको राजधानी काबुलमा युक्रेनको एक विमान हाइज्याक भएको छ।

अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार विमानको रुट परिवर्तन गरेर इरान तर्फ लगिएको छ।

अज्ञात समूहले विमान अपहरण गरेर इरान लगेको युक्रेनका परराष्ट्र राज्यमन्त्रीले जानकारी दिएका छन्।

येभ्गेनी येनिनका अनुसार, मंगलवार विमान युक्रेनीहरूबाट खोसेर इरान लगिएको थियो। त्यस विमानमा युक्रेनीहरूलाई नराखी पहिचान नखुलेका अन्य यात्रुहरूको समूहलाई राखेर उडाइएको थियो।

त्यसपछि पनि युक्रेनले उद्धारका लागि तीनपटक गरेको प्रयास सफल हुन नसकेको येनिनले बताए। विमानमा युक्रेनीहरू बस्न नसकेको उनको भनाइ छ।

उनका अनुसार यो विमान अपहरण गर्नेहरु हतियारधारी थिए। अहिलेसम्म यो विमानलाई कसले अपहरण गरेका हुन् भन्ने खुलेको छैन।

युक्रेनले लगातार आफ्ना जनतालाई अफगानिस्तानबाट उद्धार गरिरहेको छ।

जानकारीअनुसार अहिलेसम्म ८३ जनालाई काबुलबाट किभ लगिएको छ ।एजेन्सी


प्रतिक्रिया दिनुहोस्