तालिबानविरद्ध उभिएका लडाकुले भनेः युद्धको लागि तयार छौं, राखे यस्ता माग…

प्रकाशित मिति : ७ भाद्र २०७८, सोमबार  ८ : ०८


तालिबानले अफगानिस्तान पुरै कब्जा गरेको बताए पनि त्यहाँ केही यस्ता स्थानहरु छन् जुन तालिबानको हातमा गइसकेको छैन। त्योमध्ये एक हो पन्जसिर उपत्यका। सोमबार बिहान मात्र पन्जसिरमा रहेका तालिबानविरुद्धका लडाकुले आफ्नो आक्रमणमा ३ सय तालिबानहरु मारिएको दाबी गरेको थियो।

यतिबेला पूर्व प्रहरी र पूर्व सेना सम्मिलित ती लडाकुले आफूहरु तालिबानविरुद्ध लड्न पूर्ण रुपमा तयार भएको बताएका छन्। यहाँ अहमद मसुदको नेतृत्वमा तालिबानविरुद्धको मोर्चा अग्रपंक्तिमा देखिएको छ। बिहान आफ्नो एम्बुस र गोलाबारीमा तालिबानहरुको मृत्यु भएको लडाकुले बताएका थिए।

अहिले तालिबालने पन्जसिर पुरै घेराउ गरेको खबरबीच विद्रोहीले आफूहरु युद्धको लागि तयार भएको बताएका हुन्। यद्यपी तालिबानविरुद्धको यो समूहका प्रवक्ताले युद्धभन्दा अगाडि शान्ति वार्ता गर्न चाहेको बताएका छन्।No description available.अहमद मसुद आफ्ना लडाकुलाई सम्बोधन गर्दै

नेसनल रजिस्टेन्स फ्रन्टका सदस्य अली नजरीले बीबीसीलाई दिएको जानकारी अनुसार तालिबान विरोधी नेता मरहुम अहमद शाह मसुदका छोरा अहमद मसुदको नेतृत्वमा हजारौं लडाकु तालिबानविरुद्ध जम्मा भएका छन्। नजरीका अनुसार उनीहरु साथर्क छलफल गर्न तयार छन् र परेको खण्डमा युद्धको लागि समेत तयार भएका छन्।

उनले भनेका छन्,‘नेसनल रेजिस्टेन्स फ्रन्ट यो विश्वास गर्दछ कि स्थायी शान्तिको लागि अफगानिस्तानको मूलभूत समस्याको समाधान गर्न जरुरी छ। मूलुकले जुन बाटो पछिल्लो ४० या सय अथवा २ सय साल अगाडि अंगालेको थियो अब त्यो त्यो बाटोमा हामी हिँड्न सक्दैनौं।’ नेसनल रेजिस्टेन्स फ्रन्टका अनुसार देशको सबैभन्दा ठूलो समस्या केन्द्रिकृत राजनीतिक व्यवस्था हो।

‘अफगानिस्तान विभिन्न जातीय अल्पसंख्यकको देश हो। यो विविधतापूर्ण संस्कृतिको घर हो। यहाँ सत्तामा साझेदारीको जरुरत छ। सत्तामा हरेक समुदायलाई समेट्नुपर्छ। यदी कुनै एकल राजनीतिक शक्ति हाबी हुन खोज्छ भने त्यो कदापी हुन सक्दैन, त्यसले गृहयुद्धलाई बढावा दिन्छ र लडाइँ जारी रहन्छ’ अली नजिरले भनेका छन्। बीबीसी


प्रतिक्रिया दिनुहोस्