प्रचण्ड र भाजपाका विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता

प्रकाशित मिति : ७ भाद्र २०७८, सोमबार  ६ : २६


काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच आज भेटवार्ता भएको छ।

नेपालको भ्रमणमा रहेका चौथाइवालेले आज अध्यक्ष दाहाल निवास खुमलटारमा पुगेर भेटघाट गरेको हुन।

यसअघि आजै उनले नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र महन्त ठाकुरसँग भेटवार्ता गरेका थिए। ।

अध्यक्ष ओली निवास बालकोटमा भएको भेटमा नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्धबारे छलफल भएको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ।

चौथाइवालेले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका थिए।


प्रतिक्रिया दिनुहोस्