अमेरिकालाई तालिबानको चेतावनीः ३१ अगष्ट भित्र अफगानिस्तानबाट निस्कनू, नत्र…

प्रकाशित मिति : ७ भाद्र २०७८, सोमबार  ४ : २६


तालिबानले अमेरिकालाई अफगानिस्तानबाट ३१ अगष्टभित्र बाहिरीसक्नु भनेर अल्टिमेटम जारी गरेको छ। तालिबानका प्रवक्ता सुहैल शाहीनले ३१ अगष्टभन्दा बढी समय थप्न नसकिने बताएका हुन्।

उनले तोकिएको समय भित्र अमेरिकी नागरिक र फौजलाई फर्काइसक्न चेतावनी दिँदै सो समयपछि पनि अमेरिकी सेना त्यहाँ देखिए आफूले ती सेनालाई देश कब्जा गर्ने समूह सम्झिने र आवश्यक कारवाही गर्ने बताए।

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले मंगलबार जी–७ राष्ट्रको बैठकमा अमेरिकी राष्ट्रपति जो बाइडेनलाई उद्धारको समय थप्न तालिबानसँग आग्रह गर्नसक्ने बताएका थिए। तर तालिबानले यसै महिनाको अन्तिमसम्म मात्र समयसीमा भएको र अमेरिकीहरु त्यहीँ देखा परे आक्रमण गर्नसक्ने संकेत गरेको छ।

यसअघि अमेरिकाले ३१ अगष्ट भित्र सबै नागरिक र सेना फर्काइसक्ने बताएको थियो। बीबीसी


प्रतिक्रिया दिनुहोस्