चीनका बुढापाकाहरु अचानक जिम जाने थाले, यस्तो छ कारण…

प्रकाशित मिति : ७ भाद्र २०७८, सोमबार  ३ : ५३


चीनमा गतवर्षदेखि बुढापाकाहरु अचानक जिम जान थालेको देखिएको छ। यतिबेला जिममा बुढापाकाहरुको संख्या उल्लेख्य देखिने चिनियाँ संचारमाध्यमहरु बताउँछन्। बुढापाकालाई अचानक जिममा देखिएपछि धेरै अचम्मित पनि भएका छन्।

चाइना ग्लोबल टीभी नेटवर्कले यही विषयमा एउटा रिपोर्ट छापेको छ जहाँ चिनियाँ बुढापाकाहरु किन उमेर ढल्कँदै जाँदा जिममा आकर्षित भए भनेर प्रस्ट थाहा पाउन सकिन्छ। रिपोर्टमा एक ७२ वर्षका वृद्धलाई ३० वर्षका जवानसँग तुलाना पनि गरिएको छ। वास्तवमा कोरोना भाइरसको महामारी सुरुवात हुँदा त्यसको कुनै औषधि बनिसकेको थिएन। चीन ३ महिना पुरै ठप्प भएको थियो, त्यसपछि कोरोना नियन्त्रणमा आएपछि त्यहाँका बुढापाकाहरु स्वस्थ रहन जिममा जान थालेको साथै पार्कहरुमा शारीरिक व्यायामको लागि सक्रिय भएको बताइएको छ।

स्वास्थ्य भन्दा ठूलो केही हुँदै भन्ने उनीहरुले धारणा राखेका छन्। जिम र शारीरिक व्यायाममा समय खर्चिन थालेपछि पहिले चाहुरिएका गाला फेरि चिल्लो हुन थालेको र आफूलाई जवान पाउन थालेको उनीहरुले बताउने गरेका छन्। कोरोना भाइरससँग लड्न शरीरमा रोग प्रतिरोधात्मक क्षमता हुन जरुरी छ। शारीरिक व्यायामले शरीर बलियो बनाउने भएपछि विज्ञको सल्लााह अनुसार चीनका बुढापाकाहरु जिम र शारीरिक अभ्यासका विभिन्न कार्यमा लागि परेको बताइएको छ।


प्रतिक्रिया दिनुहोस्