भाजपा विदेश विभाग प्रमुख चौथाइवालेले भेटे ओली र महन्त ठाुकर

प्रकाशित मिति : ७ भाद्र २०७८, सोमबार  ३ : ५०


नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच आज भेटवार्ता भएको छ।

अध्यक्ष ओली निवास बालकोटमा भएको भेटमा नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्धबारे छलफल भएको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ।

चौथाइवालेले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका थिए।

यस्तै, चौथाइवाले आजै जनता समाजवादी पार्टीको आधिकारिकता गुमाएर नयाँ पार्टी दर्ता प्रक्रियामा रहेका महन्थ ठाकुरलाई पनि भेटेका छन्।

चार दिने नेपाल भ्रमणका लागि आइतवार काठमाडौं आएका उनले नेपालमा राजनीतिक भेटघाटमा सक्रिय पारेका हुन।


प्रतिक्रिया दिनुहोस्