तालिबानले भन्यो-‘राष्ट्रपति गनी र उपराष्ट्रपतिलाई माफी, स्वदेश फर्किन सक्छन्’

प्रकाशित मिति : ७ भाद्र २०७८, सोमबार  ३ : २९


काबुल । अफगानिस्तानमा सत्ता कब्जामा लिएको तालिबान समूहले देशछाडेर हिँडेका राष्ट्रपति असरफ गनी र उपराष्ट्रपति अमरुल्ला सालेहलाई आममाफी दिएको घोषणा गरेको छ।

तालिबानले राजधानी काबुल कब्जा गर्नेलाग्दै गनी देश छाडेर भागेका थिए। हाल उनी युएईमा शरण लिएर बसिरहेका छन।

यस्तै, उपराष्ट्रपति अमरुल्ला सालेह पन्जसिरमा निर्वासनमा छन।

सोमबार तालिबान समूहका खलिल रहमान अल हक्कानीले उनीहरुलाई माफी दिइएको र अफगानिस्तान फर्कन सक्ने सञ्चारमाध्यमलाई बताएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन।

तालिबानले देशभित्र र बाहिर कोही कसैसँग दुश्मनी भाव नराख्ने बताएको छ।


प्रतिक्रिया दिनुहोस्