पूर्व गृहमन्त्री थापाका भाई डेढबर्ष पछि जेलबाट छुटे

प्रकाशित मिति : ७ भाद्र २०७८, सोमबार  २ : ३०


काठमाडौ । पूर्वगृहमन्त्री रामबहादुर थापाका भाई नरेश थापा डेढ वर्ष जेल सजाय भोगेर सोमबार रिहा भएका छन।

आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसुरमा थापा २०७६ भदौ अन्तिम साता पक्राउ परेका थिए।

उनी डेढ वर्ष जेल सजाय पूरा गरेर छुटेका हुन्।

अदालतले तोकेको सजाय पुरा गरेपछि थापालाई रिहा गरिएको डिल्लीबजार कारागारले जनाएको छ।

निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा दोषी ठहर भएका समिरमानसिंह बस्नेसँग मिलेर नरेशले आपराधिक गिरोह सञ्चालन गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरोले उनलाई पक्राउ गरेर अनुसन्धान गरेको थियो।

केन्द्रीय कारागार सुन्धारामा रहेका बस्नेतसँग मिलेर नरेशले ठेकेदारलाई धम्की दिने ‘गिरोह’ सञ्चालन गरेका थिए । गौचनको २०७४ असोज २३ मा हत्या भएको थियो।


प्रतिक्रिया दिनुहोस्