दशगजा क्षेत्रमा नेपाल र भारतका सुरक्षाकर्मीले एकअर्कालाई लगाए राखी

प्रकाशित मिति : ७ भाद्र २०७८, सोमबार  १ : ५०


काठमाडौं । नेपाल-भारत सीमाना स्थित दुवै देशका सुरक्षाकर्मीले एकअर्कालाई राखी लगाएर प्रेम र भाइचारा साटासाट गरेका छन।

भारतको जयनगरस्थित महिला विकास मञ्चले गरेको कार्यक्रममा नेपालका महिला सुरक्षाकर्मीले भारतीय पुरुष सुरक्षाकर्मीलाई र भारतीय अधिकारकर्मीले नेपाली षुरुष सुरक्षाकर्मीलाई राखी बाँधेर पर्व मनाएका हुन।

उनीहरुले मिठाई खुवाउँदै हातमा राखी बाँधिदिएका थिए।

नेपालतर्फबाट १८ जना र भारतको तर्फबाट १७ जना सहभागी भएर सिरहा नगरपालिका १७ माडरस्थित दशगजा क्षेत्रमा कार्यक्रम आयोजना गरिएको हो।

राखी कार्यक्रम पश्चात दुबै देशका सुरक्षाकर्मीले वृक्षारोपण गरेका थिए।

 


प्रतिक्रिया दिनुहोस्