कार कुदाउँदै गर्दा बुबामाथि गोली लागेपछि यी दुई बालकले गाडी चलाए!

प्रकाशित मिति : ७ भाद्र २०७८, सोमबार  १ : ३१


अमेरिकामा गत शुक्रबार राति एक २९ वर्षका युवा र उनका दुई छोरा कारमा भ्रमण गरिरहेका थिए। टेक्सासको फ्रिवे सडकखण्डमा उनीहरुको कार कुदिरहेको थियो।

यसबीचमा ती व्यक्तिमाथि गोली चलेको थियो। गोली लागेर उनी गम्भीर घाइते भएपछि उनका ८ र ६ वर्षका छोराले कार कुदाएका थिए। बालकहरुले कार सुरक्षित स्थानमा रोकेका थिए।

ह्युस्टन प्रहरी डिपार्टमेन्टका अनुसार कार सुरक्षित रुपमा रोकेपछि उनीहरुले सहयोग मागेका थिए। घटनास्थलमै बालकका बुबाको मृत्यु भएको छ। तर बालकहरुले कार चलाउन जानेकाले उनीहरुको ज्यान भने जोगिएको प्रहरीको भनाइ छ।

हाल प्रहरीले यो घटनामा संलग्न व्यक्तिको खोजी कार्य जारी राखेको छ। सीसीटीभी लगायत विभिन्न माध्यमबाट अपराधीको खोजीकार्य जारी राखिएको बताइएको छ। सीएनएन


प्रतिक्रिया दिनुहोस्